Shittalpati
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ ।
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । 
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नु : प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नु : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
नदीमा बेपत्ता दुई बालकको शव फेला
नदीमा बेपत्ता दुई बालकको शव फेला नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
बचत गरेको रकम निकाल्न नपाउँदा...
बचत गरेको रकम निकाल्न नपाउँदा... यही ५ वैशाखमा छोरीको विवाहको तयारी गर्दै छिन् ५५ वर्षीय मादिका लोनिया । तर, उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ६ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् ।
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता   कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन्  ।
मिर्गौलापीडितलाई सहयोग
मिर्गौलापीडितलाई सहयोग गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो । 
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।
Weather Update