Shittalpati
पन्ध्र शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा
पन्ध्र शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा देशभरमा नै १५ शैयाका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।
नेपाललाई विश्वकप छनोटको उपाधि
नेपाललाई विश्वकप छनोटको उपाधि नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।
नाम प्रादेशिक अस्पाताल, सेवा थपिएन
नाम प्रादेशिक अस्पाताल, सेवा थपिएन तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पताललाई २०७५ साल पुसमा प्रादेशिक अस्पताल बनाइएको हो । तत्कालीन अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाएपछि सेवा थप हुने अपेक्षा गरिए पनि त्यो हुन सकेको छैन । अहिले पनि ५० शैयाको अनुमतिमा अस्पताल सञ्चालन भइरहेको छ ।
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ ।
असोजमै फुल्यो ‘पलम’
असोजमै फुल्यो ‘पलम’ दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।  
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
किसानलाई धान काट्ने चटारो
किसानलाई धान काट्ने चटारो लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिईन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । 
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ ।उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन ।अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए । 
पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण
पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गुल्मीको सदरमुकाम तम्घासमा पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गरिएको छ।
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
Weather Update