Shittalpati
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 
लुम्बिनीको नीति तथा कार्यक्रम : समृद्ध प्रदेश निर्माणमा जोड
लुम्बिनीको नीति तथा कार्यक्रम : समृद्ध प्रदेश निर्माणमा जोड लुम्बिनी प्रदेश सरकारले नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ । प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने,...
ओझेलमा अनौठो कुवा
ओझेलमा अनौठो कुवा यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
नेप्से परिसूचक १९:३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
नेप्से परिसूचक १९:३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०:७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८...
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो । 
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए । 
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । 
सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नं १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । 
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कारको ठक्करबाट दुई महिलाको मृत्यु बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
भारतीय वनमन्त्री यादव नेपालमा
भारतीय वनमन्त्री यादव नेपालमा भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
Weather Update