Shittalpati
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
रिडी–तम्घास सडक कालोपत्र गरिँदै मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । 
नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या
नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
कुटपिटबाट घाइते किशोरको मृत्यु
कुटपिटबाट घाइते किशोरको मृत्यु तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’ पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् । 
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । 
स्याङ्जाको चराङमा फल्यो स्याउ
स्याङ्जाको चराङमा फल्यो स्याउ भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो । 
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । 
माछा मारेर गर्जो टार्नेहरु सकसमा
माछा मारेर गर्जो टार्नेहरु सकसमा दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सङ्ख्या ठूलो थियो । आजभोलि त्यही खेतमा पाइने जलचर प्राणी संकटमा पर्न थालेपछि माछा मारेर गर्ज टार्ने सकसमा परेका हुन ।
Weather Update