सात वर्षमा पनि बनेन पुल
बुधबार, चैत १४, २०८०
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
मंगलबार, चैत १३, २०८०
आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज
मंगलबार, चैत १३, २०८०
निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।
चट्याङ लागेर एकै घरका तीन घाइते
मंगलबार, चैत १३, २०८०
चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
मंगलबार, चैत १३, २०८०
प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उमेरले छेकेन सीताको पढ्ने रहर
मंगलबार, चैत १३, २०८०
घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन् ।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु
सोमबार, चैत १२, २०८०
पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
सोमबार, चैत १२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
सोमबार, चैत १२, २०८०
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
सोमबार, चैत १२, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
शनिबार, चैत १०, २०८०
पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
शनिबार, चैत १०, २०८०
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार
शुक्रबार, चैत ९, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।


