Shittalpati
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
दूध र मह बिक्रीबाट मनग्य आम्दानी बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल । 
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।
अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण
अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।    ‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट...
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । 
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
स्याङ्जाको चराङमा फल्यो स्याउ
स्याङ्जाको चराङमा फल्यो स्याउ भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो । 
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । 
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना...
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 
Weather Update