Shittalpati
असोजमै फुल्यो ‘पलम’
असोजमै फुल्यो ‘पलम’ दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।  
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
किसानलाई धान काट्ने चटारो
किसानलाई धान काट्ने चटारो लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिईन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ ।उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन ।अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए । 
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
केरा बिक्री नहुँदा किसान मर्कामा
केरा बिक्री नहुँदा किसान मर्कामा राप्ती गाउँपालिका(७ सिसहनियाका रणप्रसाद सुवेदीले व्यावसायिक रूपमा केराखेती गरेको सात वर्ष भयो। ५४ बर्से सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। दुई बिघाबाट केरा खेती सुरु गरेका उनले अहिले भने ५४ बिघा क्षेत्रफलमा खेती गरेको बताए। केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले...
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । 
अविरल वर्षाले धानबालीमा क्षति
अविरल वर्षाले धानबालीमा क्षति हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्‍याएको छ ।
चिउरीको तेल पेल्न भ्याइनभ्याइ
चिउरीको तेल पेल्न भ्याइनभ्याइ घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ। मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो।
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली तनहुँको व्यास नगरपालिका(२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गरेकी छन् ।
Weather Update