असारे विकास उस्तै
बुधबार, असार २४, २०८३
गवारोले कफी किसान चिन्तित
मंगलबार, असार २३, २०८३
“लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो । कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराईले भनिन् ।
गुञ्जिन छाडे ‘असारे भाका’
शुक्रबार, असार १९, २०८३
असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन । “असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भनिन्, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो ।”...
पाल्पामा हराउँदै ‘असारे भाका’
मंगलबार, असार १६, २०८३
तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई अहिले धान रोप्दै गाउने गरेका असारभाकाको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्,” उनले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”
गुल्मीमा खडेरीले किसान चिन्तित
सोमबार, असार १५, २०८३
जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ । जिल्लामा यस वर्ष हालसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९।५१ हेक्टरअर्थात् ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष धानखेती हुने...
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
सोमबार, असार १५, २०८३
आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।
धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य
सोमबार, असार १५, २०८३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा दिएका शुभकामना सन्देशमा उनले बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
बिहीबार, असार ११, २०८३
यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
बिहीबार, असार ११, २०८३
वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ । तर गुल्मीको इस्मा गाउँपालिका–३ कायुवागोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठूलो सम्भावना देख्दै आएका छन् ।
रासायनिक मलको विकल्पमा ढैँचा
मंगलबार, असार ९, २०८३
माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुगेको छ । समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् ।
पानी अभावले लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
मंगलबार, असार ९, २०८३
तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।
बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती
सोमबार, असार ८, २०८३
तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरीे आयआर्जनको बाटो पहिल्याएको छ । गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका विभिन्न स्याउका बिरुवा रु सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए ।
मालिकामा बेसारको ‘ब्रान्डिङ’
सोमबार, असार ८, २०८३
गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण...


