स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
सोमबार, कात्तिक २६, २०८१

रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
आइतबार, कात्तिक २५, २०८१
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
शुक्रबार, कात्तिक २३, २०८१

स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित
बिहीबार, कात्तिक २२, २०८१
आगामी १६ मंसिरमा विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको छ । ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोली चीन जाँदै
मंगलबार, कात्तिक २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली चीन भ्रमणमा जान लागेको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्रीसहित सात सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको हो ।

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ । मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।

लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बुधबार, कात्तिक १४, २०८१
लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।

एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
सोमबार, कात्तिक १२, २०८१
नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले दिएको जग्गामा कुनै पनि संरचना नबनाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
सोमबार, कात्तिक १२, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए ।

नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
आइतबार, कात्तिक ११, २०८१
नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट क्रियाशिल बनाई पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।

रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति
बिहीबार, कात्तिक ८, २०८१
सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई विहिबार थप ७ दिन हिरासतमा अदालतले प्रहरीलाई...