Shittalpati
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित सामाजिक, राजनीतिक व्यक्तित्व तथा युवा नेता शंकर भण्डारी धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नवलपरासीको गैंडाकोटमा भएको समाजको चौंथो राष्ट्रिय महाधिवेशन तथा नवौं साधारण सभाले पाल्पाका भण्डारीलाई केन्द्रीय सदस्यमा निर्वाचित  गरेको हो ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधन
पूर्वसभामुख ढुङ्गानाको निधन पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए । 
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ? स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ ।  विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको...
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारले  पटके चेकिङ हटाउने तयारी  गरेको छ   । उसले  १२ वटै जिल्लामा लगाइदै  आइएका पटके चेकिङ हटाउने तयारी गरेको हो  ।
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न  भैरहवा ल्याइएको छ । उनलाई पोखराबाट मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा ल्याइएको हो ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
रविलाई भैरहवा ल्याइयो पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली  (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
Weather Update