Shittalpati
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी

लुम्बिनी, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिकाअनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू पनि आजै मनोनयन दर्ता गर्ने जनाइएको छ । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा लेखजङ्ग थापाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डा थापाले मनोनयन दर्ता गराएका हुन् । यहाँ नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, नेकपा एमालेका बासुदेव घिमिरेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update