धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन
आइतबार, कात्तिक १६, २०७७
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक १६, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आइतबार प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
आइतबार, कात्तिक १६, २०७७
नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित...
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम
आइतबार, कात्तिक १६, २०७७
माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि...
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १५, २०७७
बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी
शनिबार, कात्तिक १५, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।
पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते
शनिबार, कात्तिक १५, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार २० पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका २५, रिब्दीकोटका २,बगनासकालीका ४,रम्भाका १, पूर्वखोलाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
बुटवलमा कोरोना संक्रमितको मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
शुक्रबार, कात्तिक १४, २०७७
छिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
बिहीबार, कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने
बुधबार, कात्तिक १२, २०७७
दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । आजदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ ।


