पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
शुक्रबार, कात्तिक १४, २०७७
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
बिहीबार, कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने
बुधबार, कात्तिक १२, २०७७
दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । आजदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ ।
पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते
बुधबार, कात्तिक १२, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका १३ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक ६, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार पूर्वखोलाका ५ जना, रैनादेवी छहराका २ जना, तिनाउका १ जना र रामपुरका १ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु
बुधबार, कात्तिक ५, २०७७
पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
रुपन्देहीमा दुई संक्रमितको मृत्यु
बुधबार, कात्तिक ५, २०७७
रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।
पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको
मंगलबार, कात्तिक ४, २०७७
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार देशभर २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका हुन् । देशभर डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय नौं पुगेको छ ।
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
मंगलबार, कात्तिक ४, २०७७
सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

