पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
सोमबार, असोज १९, २०७७

पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
आइतबार, असोज १८, २०७७
नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।

नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।

पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
शनिबार, असोज १७, २०७७
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

भारतबाट फर्किएकाको स्वाब संकलन
शुक्रबार, असोज १६, २०७७
माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।

एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
शुक्रबार, असोज १६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

एकै दिन एक हजार ५७ संक्रमित निको
बुधबार, असोज १४, २०७७
असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
बुधबार, असोज १४, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि
मंगलबार, असोज १३, २०७७
पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव
मंगलबार, असोज १३, २०७७
कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।

नेपालमा थप ७ सय ४२ संक्रमित निको भए
सोमबार, असोज १२, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका ७ सय ४२ संक्रमितले कोरोना जितेको बताए ।

८ सय ८५ संक्रमित डिस्चार्ज
आइतबार, असोज ११, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ८ सय ८५ जनाले कोरोना जितेका छन् ।