पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
शुक्रबार, असोज ३०, २०७७

पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
बिहीबार, असोज २९, २०७७
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो
मंगलबार, असोज २७, २०७७
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेका हो ।

सोमबार १४ सय ७३ जना कोरोनामुक्त
सोमबार, असोज २६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका १४ सय ७३ संक्रमित निको भएका हुन् ।

पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि
आइतबार, असोज २५, २०७७
पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

शिक्षामन्त्री पोखरेललाई संक्रमण
आइतबार, असोज २५, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु
आइतबार, असोज २५, २०७७
बुटवलमा कोरोना संक्रमितको एकै दिन तीन जनाको मृत्यु भएको छ । आइतबार अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको मृत्यु भएको छ । अर्को एकको उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।

श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
शनिबार, असोज २४, २०७७
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
शनिबार, असोज २४, २०७७
जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।

पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज २३, २०७७
जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
शुक्रबार, असोज २३, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
शुक्रबार, असोज २३, २०७७
नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् ।

ब्राजिलमा ५० लाख बढी संक्रमित
शुक्रबार, असोज २३, २०७७
ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९...