Shittalpati
पाल्पाका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु
pancha kanya steel

पाल्पा / पूर्वखोला गाउँपालिका ३ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। कोरोना पुष्टि भएपछि केही दिन लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार गरेर होम आइसोलेशनमा रहेका पुरुषलाई स्वास्थ्यमा थप समस्या आएपछि आईतबारमात्रै काठमाडौं लगिएको थियो । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update