Shittalpati
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
सभाहल निर्माण गरिँदै
सभाहल निर्माण गरिँदै २३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो । 
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
राष्ट्रियसभाबाट पनि अध्यादेश स्वीकृत
राष्ट्रियसभाबाट पनि अध्यादेश स्वीकृत प्रतिनिधिसभामा बुधबार स्वीकृत भएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ । तिलोत्तमा –१ नयाँमिल चोकमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियारको मृत्यु भएको हो ।
पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो
पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनाव आउन १२ मात्र बाँकी छँदा पाल्पासहित देशैभरका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना...
रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए । 
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत सरकारले  बुधबार प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत गरेका चार वटा अध्यादेश स्वीकृत भएको छ ।  सरकारले बैंठकमा पेश गरेका निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, आर्थिक कार्यविधि र सुशासनसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत गरेको हो ।
हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा जिल्लाको तानसेनस्थित कैलाशनगरमा निर्माणधिन ‘श्रीनगर सांस्कृतिक डबली’  सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण  गरेको १५ महिनापछि बुधबार डबली सञ्चालनमा आएको हो ।
गुल्मीको छत्रकोटमा परीक्षा सेन्टर सार्ने निर्णयको विरोध
गुल्मीको छत्रकोटमा परीक्षा सेन्टर सार्ने निर्णयको विरोध (श्रृंगा) जिल्लाको छत्रकोट गाउँपालिका– ४ मा रहेको श्रृंगा माविमा धेरै बर्ष देखिको परीक्षा केन्द्रलाई यो बर्षदेखि हटाउँने निर्णय भएपछि स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले आफ्नो अनुकुलताको व्यवस्थापन समिति नबने पछि त्यसको प्रतिशोध साँधेर उनकै निर्देशनमा बर्षोदेखि चली आएको एसईईको परीक्षा केन्द्र यो बर्षदेखि सो स्कुलमा...
पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण
पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो । 
सङ्ग्रहालयमा कार्यपालिका बैठक
सङ्ग्रहालयमा कार्यपालिका बैठक जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो । 
Weather Update