Shittalpati
सङ्ग्रहालयमा कार्यपालिका बैठक
सङ्ग्रहालयमा कार्यपालिका बैठक जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो । 
जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते
जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । 
दाङका विकट बस्तीमा  विद्युत्  सेवा पुर्‍याइँदै
दाङका विकट बस्तीमा  विद्युत्  सेवा पुर्‍याइँदै दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्‍याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए । 
आज प्रतिनिधिसभा बैंठक : अध्यादेश प्रस्तुत गर्दै सरकार
आज प्रतिनिधिसभा बैंठक : अध्यादेश प्रस्तुत गर्दै सरकार आज प्रतिनिधि सभाको बैंठक बस्दै छ । सो बैंठकमा सरकारले अध्यादेश प्रस्तुत गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने तयारी गरेको हो । गत २६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ अध्यादेश ल्याउने निर्णय गरेको थियो । 
निस्दी खोलामा पक्की पुल शिलान्यास
निस्दी खोलामा पक्की पुल शिलान्यास जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो । दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी...
पाल्पाको रिब्दीकोट जंगलमा आगलागी 
पाल्पाको रिब्दीकोट जंगलमा आगलागी  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन  र वडा नंं २ को लेक सामुदायिक वनमा  मंगलबार दिउँसो आगलागी भएको छ ।
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो । 
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि  सयपत्रिका फुल ढकमक्क फुलेका छन् ।  उनि बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् । 
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आशाको सञ्चार भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा...
माझी समुदायले आज लदी पर्व मनाउँदै
माझी समुदायले आज लदी पर्व मनाउँदै माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले यो पर्व मनाउन  लागेका हुन् ।
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन  दर्ता
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि  पाल्पाका ४ क्याम्पसमा १३ वटा संघ/संगठन दर्ता भएका छन् ।  सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी...
Weather Update