अवैध लागूऔषध सहित १२ जना पक्राउ
सोमबार, असार ३०, २०८२
४८ वर्षीय पुरुष मृत फेला
सोमबार, असार ३०, २०८२
यहाँ एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ भलुवाचौर निवासी ४८ वर्षीय मानबहादुर गाहा मृत फेला परेका हुन् ।
क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै
सोमबार, असार ३०, २०८२
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट र·शाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले र·शाला बनाउन सुरू गरेको हो ।
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग
आइतबार, असार २९, २०८२
निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
आइतबार, असार २९, २०८२
रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन् । गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गर्दा पनि सफलता...
पाल्पामा स्वास्थ्य कार्यालयको प्रगति ८२ प्रतिशत
आइतबार, असार २९, २०८२
स्वास्थ्य कार्यालय पाल्पाको चालु आर्थिक बर्षको समग्र प्रगति ८२ प्रतिशत रहेको छ । कार्यालयले शनिबार तानसेनमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको सार्वजनिक गर्दै कुल बजेटको ८२ प्रतिशत प्रगति हासिल गर्न सफल भएको जनाएको छ ।
आज भानु जयन्ती मनाइँदै
आइतबार, असार २९, २०८२
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस
आइतबार, असार २९, २०८२
श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।
आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला
शनिबार, असार २८, २०८२
रामपुर नगरपालिका(५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।
रामपुरका तीन सय ८९ योजना सम्पन्न
शनिबार, असार २८, २०८२
रामपुर नगरपालिका पाल्पाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ । चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए ।
रामपुर नगरको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे
शुक्रबार, असार २७, २०८२
माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै शुक्रबारसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए...
केरा गाउँ ‘बाँस्टारी’
शुक्रबार, असार २७, २०८२
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।


