Shittalpati
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय हटाएका छन् । उनले सचिवालयमा  रहेका उपसचिव स्तरको स्वकीय सचिव, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी ५ जनालाई मंसिर १ गतेदेखि लागु हुने गरी हटाएका हुन् ।
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका...
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । दाङको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेलले जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएका छन् ।
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा  
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा   तिहारमा समूह बनाएर खेलिने देउसी–भैलोबाट सङ्कलित रकमले पिकनिक, भ्रमण जाने वा कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । तर गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा देउसी–भैलो समूहले भने  भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चेको छ । समूहले संकलित रकमबाट मृगौला पिडित इस्मा– २ ढाडा निवासी सन्तबहादुर तङ्गनामीलाई  आर्थिक सहयोग, समाजमा हुने...
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता निर्वाचन आयोगमा चुनाव घोषणापछि ७ दल खारेज भएका छन् भने ७ दल दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप नयाँ ७ दल दर्ता भएकोमा यस अघिका ७ वटा दल घारेज भएका हुन् ।
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ ।  हरेक वर्ष  जस्तै यस  वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा नेकपा एमाले पाल्पाले संसद पुनःस्थापनाको मागसहित  तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ । हजारौ जनताको सहभागितामा सम्पन्न विरोध  प्रदर्शनमा  संसद पुनः स्थापना मार्फत अहिले देशमा देखिएको संवैधानिक संकट समाधान गर्न सकिने एमाले वक्ताहरुले जोड दिएका छन् ।
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी कृषिमा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन्। पोखरा महानगरपालिका(३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु ९ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। तीन महिना अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्। सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ। सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ।
Weather Update