Shittalpati
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन नेपालमा भदौ २३  र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण  गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सामान्य बन्दै गुल्मीको जनजीवन
सामान्य बन्दै गुल्मीको जनजीवन जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् । 
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’ नेपाल पत्रकार महासंघले जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्दै संसद र संविधानको परिधिमा रहेर सरकार  बनाउन पहल गर्नुपर्ने ठहर गरेको छ ।  महासंघले बिहीबार जिल्ला अध्यक्ष  कमलराज तिमिल्सेना र सचिव रामचन्द्र रायमाझीद्वारा हस्ताक्षरित एक अपिल सार्वजनिक गर्दै संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ... रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
कालीगण्डकी करिडोर सडक अवरुद्ध
कालीगण्डकी करिडोर सडक अवरुद्ध बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । 
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । 
धमाधम भाग्दै कैदी, समात्दै सेना
धमाधम भाग्दै कैदी, समात्दै सेना जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’ पाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देश चलाउन अब वैधानिक उपाय खोजिनुपर्ने बताएका छन । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावना बमोजिम नै संविधान अनुसार वैधानिक बाटोबाट नै अगाडि बढिनुपर्ने बताएका हुन ।
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि  भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
देशभर निषेधाज्ञा र कर्फ्यू देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । 
Weather Update