रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम
सोमबार, कात्तिक २६, २०८१
निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र...
स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
सोमबार, कात्तिक २६, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौर र वडा नं. २ अर्बेनीका स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं . १ प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहितका काँग्रेस नेताहरु ।
रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
आइतबार, कात्तिक २५, २०८१
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
साइकलबाट गरियो पाल्पाका पर्यटकीयस्थलहरुको अवलोकन
आइतबार, कात्तिक २५, २०८१
पाल्पाका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको साइकलबाट अवलोकन गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा भएको दुई दिने हेरिटेज राइडमार्फत यहाँका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको हो ।
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
आइतबार, कात्तिक २५, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा
आइतबार, कात्तिक २५, २०८१
जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
आइतबार, कात्तिक २५, २०८१
दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।
दुई वर्षपछि भैरहवामा रौनक
आइतबार, कात्तिक २५, २०८१
भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।
आज विश्व स्वतन्त्रता दिवस
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।


