छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, मंसिर ३, २०८१
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा
सोमबार, मंसिर ३, २०८१
तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
रामपुरमा महिला मृत फेला
आइतबार, मंसिर २, २०८१
जिल्लाको रामपुरमा एक महिला मृत फेला परेकी छन् । रामपुर नगरपालिका–३, बगाहादेखि सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा सोही ठाँउका डिलबहादुर सारुको श्रीमति ६५ वर्षीय सुकमाया गिरी सारु शनिबार साँझा अचेत अवस्थामा फेला परेकी थिइन् ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आइतबार, मंसिर २, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
आइतबार, मंसिर २, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको...
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
शनिबार, मंसिर १, २०८१
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
पाल्पा साहित्य समाजले गर्यो साहित्यकार र कलाकारलाई सम्मान
शनिबार, मंसिर १, २०८१
पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
शनिबार, मंसिर १, २०८१
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गेपुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दीशरण गाउँपालिका –२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ ।
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै
शनिबार, मंसिर १, २०८१
१३औं राष्ट्रिय कर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ । २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो ...
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
शनिबार, मंसिर १, २०८१
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शनिबार, मंसिर १, २०८१
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव...
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु
शुक्रबार, कात्तिक ३०, २०८१
जिल्लाको रामपुर नगरपालिका– ५ भम्बकमा अचेत अवस्थामा भेटिएका एक पुुरुषको मृत्यु भएको छ । शुक्रबार विहान भम्बकका ५४ वर्षीय रामु काफ्ले आफ्नै घर नजिक रहेको गोबर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो परी अचेत अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरी रामपुर अस्पताल...


