Shittalpati
दाङमा धान उत्पादन बढ्यो
दाङमा धान उत्पादन बढ्यो गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
३१ जनाले फिर्ता लिए उम्मेदवारी
३१ जनाले फिर्ता लिए उम्मेदवारी आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म निर्वाचन आयोगले  उम्मेदवारले नाम फिर्ता लिने समय दिएको थियो । उक्त  समयभित्र ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी...
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन । 
पाल्पामा थपिदै सुविधाजनक बसहरु
पाल्पामा थपिदै सुविधाजनक बसहरु यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थपिदै  लगिएको छ ।  पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. पाल्पाबाट दसैं यता काठमाडौंका लागि ६ वटा सुविधाजनक रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।
एउटै व्यक्तिले फलाए चार सय मुरी धान
एउटै व्यक्तिले फलाए चार सय मुरी धान जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
विश्व दर्शनशास्त्र दिवस मनाइँदै आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको...
आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै आज ‘विश्व टेलिभिजन दिवस’ विश्वभर मनाइँदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट...
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदाल पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा...
पौंदेली न्वागी पर्वको उत्साह  :  यस्तो छ परम्परा
पौंदेली न्वागी पर्वको उत्साह :  यस्तो छ परम्परा न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व बालदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे ...
Weather Update