Shittalpati
पाल्पामा अझै रोकिएन जातीय भेदभाव
पाल्पामा अझै रोकिएन जातीय भेदभाव छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ ।
नारायणघाट– बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।
आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै
आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको...
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो ।
आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुँदै
आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुँदै आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सम्मेलन हुन लागेको हो ।
विश्व पानी दिवस नेपालमा पनि मनाइँदै
विश्व पानी दिवस नेपालमा पनि मनाइँदै प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको...
नेपाल रेडक्रस पाल्पाले मनायो ४७ औं साधारणसभा
नेपाल रेडक्रस पाल्पाले मनायो ४७ औं साधारणसभा नेपाल रेडक्रस सोसाइटी शाखा पाल्पाले ४७ औं वार्षिक साधारणसभा मनाएको छ । उसले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारणसभा मनाएको हो । सभाको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले रेडक्रस पाल्पाले मानवहितमा गरेका कामहरुको चर्चा गरे ।
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मात्रै नभइ विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको...
तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ ।
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने र भएका अग्निरेखा सरसफाई गर्ने कामलाई तिव्रता दिइएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि अग्निरेखा निर्माण गर्ने र वन सरसफाई गर्ने कामलाई डिभिजन वन कार्यालयले तिव्रताका...
Weather Update