चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
बिहीबार, मंसिर २०, २०८१
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
बिहीबार, मंसिर २०, २०८१
हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
बिहीबार, मंसिर २०, २०८१
सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
बिहीबार, मंसिर २०, २०८१
संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
बिहीबार, मंसिर २०, २०८१
आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् ।
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
बिहीबार, मंसिर २०, २०८१
गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
रामपुरमा जनप्रतिनिधिसँग संवाद
बुधबार, मंसिर १९, २०८१
जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
बुधबार, मंसिर १९, २०८१
तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
बुधबार, मंसिर १९, २०८१
काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
बुधबार, मंसिर १९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।
स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुँदै
बुधबार, मंसिर १९, २०८१
उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् ।
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
मंगलबार, मंसिर १८, २०८१
नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ ।


