सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान
सोमबार, मंसिर १०, २०८१
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
सोमबार, मंसिर १०, २०८१
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बिआरआई० मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् ।
हिंसा अन्त्यको बाधक राजनीतिक संरक्षण
सोमबार, मंसिर १०, २०८१
लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालसहित विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको हो ।
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप
आइतबार, मंसिर ९, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदालतले प्रहरीलाई अनुमति दिएको हो ।
कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव
आइतबार, मंसिर ९, २०८१
लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गरेको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
आइतबार, मंसिर ९, २०८१
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
आइतबार, मंसिर ९, २०८१
यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।
काठमाडौँमा तीन शव भेटिए
शनिबार, मंसिर ८, २०८१
काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएका उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
शनिबार, मंसिर ८, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
शनिबार, मंसिर ८, २०८१
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् ।


