पत्रकार महासंघ पाल्पा निर्वाचन : प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
शनिबार, मंसिर २९, २०८१
जिप दुर्घटनामा तीनजनाको मृत्यु
शनिबार, मंसिर २९, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
शनिबार, मंसिर २९, २०८१
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती
शनिबार, मंसिर २९, २०८१
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती एक दिन परेको छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन...
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो
शुक्रबार, मंसिर २८, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ ।
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
बिहीबार, मंसिर २७, २०८१
नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, मंसिर २७, २०८१
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
बिहीबार, मंसिर २७, २०८१
आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात् अन्तर्राष्ट्रिय तटस्थता दिवस । विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
बुधबार, मंसिर २६, २०८१
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बुधबार, मंसिर २६, २०८१
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।


