चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
शुक्रबार, पुस १२, २०८१
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
बिहीबार, पुस ११, २०८१
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित
बिहीबार, पुस ११, २०८१
युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपाल स्वास्थ्य सम्मेलन सुरु
बिहीबार, पुस ११, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
बुधबार, पुस १०, २०८१
इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’
बुधबार, पुस १०, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
बुधबार, पुस १०, २०८१
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरीन् ।
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
बुधबार, पुस १०, २०८१
रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् ।
मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बुधबार, पुस १०, २०८१
स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
बुधबार, पुस १०, २०८१
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।
आज ‘क्रिसमस डे’ मनाइँदै
बुधबार, पुस १०, २०८१
आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस’ पर्व मनाइरहेका छन् ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
मंगलबार, पुस ९, २०८१
कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।


