‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’
शनिबार, पुस ६, २०८१
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
शनिबार, पुस ६, २०८१
केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
शनिबार, पुस ६, २०८१
गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको...
‘कारागार सुरक्षा प्रणालीलाई चुस्त राख्न आवश्यक’
शनिबार, पुस ६, २०८१
लुम्बिनी प्रदेशका कारागारको सुरक्षा प्रणालीलाई चुस्त राख्दै पूर्वाधार सुधारमा जोड दिइएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा रहेका कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमनका क्रममा कारागारको सुरक्षालगायत क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कारागारको पूर्वाधार सुधार गर्नुपर्ने देखिएको मुख्य न्यायाधिवक्ता यमलाल खनाल बताए ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
शुक्रबार, पुस ५, २०८१
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
शुक्रबार, पुस ५, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सड्ढलन गरेको छ ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
शुक्रबार, पुस ५, २०८१
लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना
शुक्रबार, पुस ५, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
सुन्तला किन्न व्यापारी बगैँचामा
बिहीबार, पुस ४, २०८१
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।
लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा
बिहीबार, पुस ४, २०८१
यहाँका स्थानीय होटल र लुम्बिनी विहार बीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटल सङ्घ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।
रवि लामिछानेलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक
बिहीबार, पुस ४, २०८१
गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् । बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले लामिछानेलाई सरकारले ठाउँ– ठाउँमा घुमाएर दुख दिएको भन्ने कुराहरु आएकाले त्यो रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको स्पष्ट पारेका हुन् ।
आनन्द सहकारीको अध्ययन अवलोकन भ्रमण : सदस्यहरुका लागि दुग्धजन्य वस्तु र केवलकारमा छुट
बिहीबार, पुस ४, २०८१
तानसेनमा सञ्चालित आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर एक दिने अध्ययन अवलोकन भ्रमण गरेको हो ।

