Shittalpati
गुल्मीका अठचालिस प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
गुल्मीका अठचालिस प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लाका ४८ दशमलव छ प्रतिशत नागरिकले सेवा लिएका छन् ।
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ । निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी...
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी  जिल्ला कारागारमा रहेका कैदीबन्दी यतिबेला उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचर उद्योग स्थापना गरेर यहाँका कैदीबन्दीले मासिक रूपमा न्यूनतम रु सातदेखि रु ४५ हजारसम्म कमाउँदै आएका छन् ।
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित    
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित     हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ निर्माण क्षेत्रका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले श्रमिक तथा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । संघले निर्माण क्षेत्रमा कार्यरत पाँच सय ५० श्रमिकहरुको स्वास्थ्य जाँच गर्दै छ ।
आज महावीर जयन्ती मनाइँदै
आज महावीर जयन्ती मनाइँदै आज चैत्र शुक्ल त्रयोदशी महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।
बगनासकालीले गर्‍यो सामाजिक सुरक्षा भत्ता निकासा
बगनासकालीले गर्‍यो सामाजिक सुरक्षा भत्ता निकासा जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता बापतको ३ करोड १९ लाख ९८ हजार ९ सय ४५ रुपैंया निकासा गरेको हो ।
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रुपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
ओझेलमा ‘जनआन्दोलन दिवस’
ओझेलमा ‘जनआन्दोलन दिवस’ नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । वि.स. २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै मनाइने जनआन्दोलन दिवस पछिल्ला वर्ष भने ओझेलमा पर्दै गएको छ । राजनीतिक दल,...
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी 
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी  नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
Weather Update