Shittalpati
रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा स्कुटर  दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही  ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । 

स्कुटर आफै अनियन्त्रित भई पल्टिन जाँदा चालक  ठाडा घाईते  भएका थिए । घाइते उनको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update