Shittalpati
५० हजार घुससहित पक्राउ
५० हजार घुससहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको...
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।
आज देशभर चैते दशैं मनाइदैं
आज देशभर चैते दशैं मनाइदैं आज चैत्र–अष्टमी अर्थात् चैते दशैं पर्व मनाइदै छ । आज देशभर दुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइने गरिन्छ । असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत...
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।
असारेका जनताको घर–घरमा खानेपानीको धारा
असारेका जनताको घर–घरमा खानेपानीको धारा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’ स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाÞय पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको...
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो चैत १७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले केन्द्राध्यक्षको नियुक्ति, अभिमुुखीकरणदेखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउने काम सकेको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख महेन्द्र सुुवेदीले एसइईको सबै...
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।
Weather Update