Shittalpati
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
प्रहरी आईजीपीमा वसन्त
प्रहरी आईजीपीमा वसन्त नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।
प्रेस चौतारीको प्रदेशस्तरीय लेखा व्यवस्थापन तालिम तानसेनमा
प्रेस चौतारीको प्रदेशस्तरीय लेखा व्यवस्थापन तालिम तानसेनमा प्रेस चौतारी नेपालको प्रदेशस्तरी लेखा व्यवस्थापन तालिम तानसेनमा भएको छ । शुक्रबारदेखि लुम्बिनी प्रदेशका १२ जिल्लाका चौतारीका पदाधिकारीहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना, चौतारी लुम्बिनी प्रदेशको समन्वय र होटल पौवाको सहकार्यमा तालिम सञ्चालन भएको छ ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला जिल्लाको माथागढी गाउँपालिका–३ खिरैलिधारामा आफ्नै घरमा सुुतेको अवस्थामा एक युवक मृत फेला परेका छन् । विहीबार राती खिरौलिधाराका मोहन सिं थापाका २९ वर्षीय छोरा ज्ञानबहादुर थापा सुत्ने कोठामा मृत फेला परेका हुन् ।
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार...
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।
आज विश्व जल दिवस मनाइदैं
आज विश्व जल दिवस मनाइदैं आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
Weather Update