Shittalpati
एसइई परीक्षाफल प्रकाशित
एसइई परीक्षाफल प्रकाशित राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति
रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति विद्यार्थीहरुमा पढाईप्रति उत्साह जगाउन जिल्लाको रामपुर नगर सरकारले छात्रवृत्ति दिने गरेको छ । उसले मेयर छात्रवृत्ति कार्यक्रम मार्फत नगर भित्र अध्ययन गर्ने सबै तहका विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने गरेको हो ।
एसइईको नतिजा आज सार्वजनिक गरिँदै
एसइईको नतिजा आज सार्वजनिक गरिँदै राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।  
 पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर  हनन् 
 पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर हनन्  अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । समीक्षामा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुबिच अन्तक्र्रिया गरिएको छ ।
जोखिममा तिनाउ नदी आसपासका बस्ती,  सतर्कता अपनाउन आग्रह
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
लुम्बिनीमा विनियोजन विधेयक पारित
लुम्बिनीमा विनियोजन विधेयक पारित लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । 
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् । 
ललिता निवास प्रकरण : थप दुई पक्राउ
ललिता निवास प्रकरण : थप दुई पक्राउ ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालय हो । जहाँ मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान संकलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन गरिएको छ ।
Weather Update