Shittalpati
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई ध्यानमा राख्दै यसपटक पाल्पामा छिटै ल्याइएको छ । जनक शिक्षा सामग्री केन्द्र लि. बुटवलस्थित प्रदेश कार्यालयबाट आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका धेरैजसो किताब आइसकेका छन् ।
‘जातिय विभेद कायमै छ, यसको अन्त्य गर्न सबै एक हौं’
‘जातिय विभेद कायमै छ, यसको अन्त्य गर्न सबै एक हौं’ प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले नेपाली समाजमा जातिय विभेद कायमै रहेको बताएका छन् । बुधबार परियार समाज पाल्पा गुठीकोे स्वर्ण महोत्सवलाई तानसेनमा सम्बोधन गर्दै उनले एक्काइसौँ शताब्दीमा आइपुुग्दा पनि जातिय विभेद कायमै रहेको बताएका हुन् ।
सकियो एसइई परीक्षा
सकियो एसइई परीक्षा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बुधबारदेखि सकिएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं छ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६२ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १ सय ८ मिनट एक चक्कर...
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ ।
आज देशभरका परियार समुदायका अगुवा तानसेनमा
आज देशभरका परियार समुदायका अगुवा तानसेनमा देशभरका परियार समुदायका अगुवाहरु आज पाल्पाको तानसेनमा भेला हुँदै छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन उनीहरु तानसेन आएका हुन् । गुठीले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी चैत २८ र २९ गते भव्य रुपमा महोत्सव मनाउन लागेको जनाएको छ ।
पपको अध्यक्षमा रेग्मी
पपको अध्यक्षमा रेग्मी पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनकरुो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्करराज रेग्मी चयन भएका छन् । सोमबार बसेको अभिभावकको भेलाले समाजसेवी, शिक्षासेवी, बुद्धिजीवी, लेखक तथा साहित्यकार रेग्मीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
Weather Update