Shittalpati
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’ ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरु विक्री नभएको २० दिन बितेको छ’, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्याण्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्छन्, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुःखेसो पोखे । पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन...
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम ठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो ।
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।
घुससहित तीन कर्मचारी पक्राउ
घुससहित तीन कर्मचारी पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । 
काल बने खोला–नदी
काल बने खोला–नदी पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुुगेको छ । अविरल वर्षाका कारण संखुुवासभामा, ताप्लेजुङमा, पाँचथरमा र नुवाकोटमा भएको आएको बाढी र पहिरोबाट सोमबार दिउसँसोसम्म ज्यान जानेको संख्या ६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसका अनुसार बाढी तथा पहिरोमा परी...
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । 
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी...
पाल्पामा डुबेर दुई जनाको मृत्यु
पाल्पामा डुबेर दुई जनाको मृत्यु पाल्पाका विभिन्न नदी र खोलामा डुवेर दुई जनाको मृत्यु भएको छ । यहाँका कालीगण्डकी नदी र दोभान खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।
विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन
विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहोरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहोर संकलन अभियान थालिएको हो ।
तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ
तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ पाल्पाको तानसेनबाट ६६ हजार भन्दा बढी जगद रकमसहित १० जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका हुन् । 
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् 
Weather Update