तानसेनमा मिलिजुलीले गर्यो जेष्ठ नागरिकलाई सम्मान
शनिबार, चैत २५, २०७९

ठगी गर्ने नासु पक्राउ
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।

ठगी गर्ने गिरोह सार्वजनिक
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

तानसेनमा हनुमान जयन्ती मनाइयो
बिहीबार, चैत २३, २०७९
जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा र·रोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।

पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला
बुधबार, चैत २२, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका झविलाल रानाको ३० वर्षीय छोरो हिमबहादुर राना मृत फेला परेका हुन् ।

ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
मंगलबार, चैत २१, २०७९
पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।

देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।

छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
सोमबार, चैत २०, २०७९
सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
आइतबार, चैत १९, २०७९
जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।

घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने
शनिबार, चैत १८, २०७९
पाल्पा दरबार परिषरका घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने तानसेन संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजन गरी तानसेन नगर सरकार र सम्बन्धित निकायले उचित निकास दिनुपर्ने बताएको हो ।

एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
शुक्रबार, चैत १७, २०७९
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।

रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
शुक्रबार, चैत १७, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
शुक्रबार, चैत १७, २०७९
आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।