आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
सोमबार, असार १८, २०८०
एसइई नतिजा यसै हप्ता आउने
आइतबार, असार १७, २०८०
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आइतबार, असार १७, २०८०
आज जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकार दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ
आइतबार, असार १७, २०८०
विश्व प्रेस काउन्सीलका महासचिव तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठले खोज पत्रकारिता अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार तानसेनमा भएको खोज पत्रकारिता प्रशिक्षणमा बोल्दै उनले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस
शनिबार, असार १६, २०८०
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘दिगो विकासका लागि सहकारी ।’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।
आलमदेवी मन्दिर महिलाका लागि खुला
शनिबार, असार १६, २०८०
शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
शुक्रबार, असार १५, २०८०
पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे
शुक्रबार, असार १५, २०८०
चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम...
भूमिहीनलाई लालपुर्जा वितरण
शुक्रबार, असार १५, २०८०
रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे ।
बोटेगाउँमा पुग्यो खानेपानी
शुक्रबार, असार १५, २०८०
जिल्लाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।
आज पुष्पलाल जयन्ती
शुक्रबार, असार १५, २०८०
आज नेपाल कम्युनियट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्ती हो । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै जन्मजयन्ती मनाउँदै छन् ।
असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन
शुक्रबार, असार १५, २०८०
मानो छरेर मुरी उब्जाउने महिना अर्थात् असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइदैंछ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।
स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम
शुक्रबार, असार १५, २०८०
स्याङ्जाका नौ वटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो ।


