Shittalpati
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।
तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन
तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको विकासका लागि राजनीतिक सोंच भन्दा पनि विकासको सोंच भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिकामा राजनीतिक सोंच बोकेको नेतृत्वको हालीमुहाली हुन पुग्दा विकासमा पछाडी परेको बताए । शित्तलपाटीसँगको कुराकानीमा अध्यक्ष महर्जनले यस्तो बताएका...
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ ।
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’ स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो ।
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिमबहादुर दाहाल आएका छन् । उनी प्रहरी प्रमुखको रुपमा जिल्ला आएसँगै पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो ।
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन र बढ्वा खोला लिफ्ट खानेपानीको उद्घाटन गरेका छन् । २०७७ पौष ६ गते निर्माण सुरु भएको स्वास्थ्य चौकी २०७८ फागुन १५ गते निर्माण कार्य सम्पन्न भएको अमरअर्वाथोक स्वास्थ्य चौकी र आ.व.२०७५/०७६...
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्‍याएको बताए ।
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...
Weather Update