क्यानले गर्यो ५१ जनाको कोरोना बीमा
सोमबार, भदौ ८, २०७७

म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
आइतबार, भदौ ७, २०७७
माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।

सन्दीपले लिए पहिलो खेलमै विकेट
बिहीबार, भदौ ४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।

सन्दीपले खेल्ने सिपिएल आजदेखि
मंगलबार, भदौ २, २०७७
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।

राखेप बोर्ड सदस्यले लिए शपथ
मंगलबार, भदौ २, २०७७
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार भएको एक कार्यक्रममा ६ जना बोर्ड सदस्यले शपथ लिएका हुन् ।

फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा
सोमबार, भदौ १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिला तर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।

भलिबल खेलाडीको कोरोना बीमा गरिने
आइतबार, साउन ३२, २०७७
लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।

टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए
बिहीबार, साउन २२, २०७७
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ ।

‘सिरी ए’ को उपाधि युभेन्टसलाई
मंगलबार, साउन १३, २०७७
इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।

यसै वर्ष आईपीएल हुने
बिहीबार, साउन ८, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले...

राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान
सोमबार, असार १५, २०७७
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो । इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आइतबारदेखि १४ दिन आइसोलेशनमा बस्ने छ ।

छनोट खेल अक्टोवर र नोभेम्वरमा गर्न प्रस्ताव
आइतबार, जेठ २५, २०७७
एसियाली फुटबल फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोवर र...

सिरी ए को खेल तालिका सार्वजनिक
बुधबार, जेठ २१, २०७७
कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी ए अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ । कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो ...