राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई
शुक्रबार, चैत २७, २०७७
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
बुधबार, चैत २५, २०७७
पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आर्मीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै नेपाल पुरुषतर्फको फाइनलमा पुगेको हो । यसअघिका सबै पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ । हेल्प नेपालले बुधबार अर्को विभागीय टोली एपीएफसंग लिगको...
माथागढीमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
सोमबार, चैत २३, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन भएको छ । आइतबारदेखि झडेवाको किसान मा.वि.मा प्रतियोगिता सञ्चालन भएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिका भित्रका १२ ओटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्सलाई हरायो
आइतबार, चैत २२, २०७७
ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई सात विकेटले हराएको छ । ललितपुरले दिएको एक सय आठ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा मात्रै तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि मञ्जू बोगटीले ४१ रन बनाइन् ।
अफ्रिकी खेलाडी बुटवलमा
शनिबार, चैत २१, २०७७
विलियम र करिम आई लिग खेलेका खेलाडी हुन् भने चाडको अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए । गत सिजन च्यासल क्लबको प्रशिक्षक हुँदा आफूले नै प्रशिक्षण दिएको खेलाडी भएकाले र अर्मान्डलाई अनुबन्ध गरेका शाक्यले जानकारी दिए । नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ११ गतेदेखि...
इङ्ग्ल्याण्डको लगातार जित
शुक्रबार, चैत २०, २०७७
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । पोल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’ मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।
त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार
बुधबार, चैत १८, २०७७
थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
बंगलादेशलाई हरायो नेपालले
सोमबार, चैत १६, २०७७
सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
शनिबार, चैत १४, २०७७
गुल्मी जिल्लाको मदाने गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४, म्यालपोखरी स्थित मेहलेपोखरी माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार देखि प्रतियोगिता सञ्चालन गरिएको हो ।
नेपालले वैशाखमा त्रिदेशीय टी–२० शृङ्खला खेल्न
शनिबार, चैत १४, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ...
नेपाल र कीर्गिस्तान गोलरहित बराबरी
शुक्रबार, चैत १३, २०७७
त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ । बिहीबार दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै
बुधबार, चैत ११, २०७७
स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई...


