Shittalpati
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा भएको भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् । बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा भएको म्याराथनको...
तम्घासमा क्रिकेट खेल हुने
तम्घासमा क्रिकेट खेल हुने जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।
महिला खेलाडीलाई छात्रवृत्ति
महिला खेलाडीलाई छात्रवृत्ति वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा पाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
स्वदेश फर्किए सन्दीप
स्वदेश फर्किए सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ ।
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
Weather Update