‘सिरी ए’ को उपाधि युभेन्टसलाई
मंगलबार, साउन १३, २०७७

यसै वर्ष आईपीएल हुने
बिहीबार, साउन ८, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले...

राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान
सोमबार, असार १५, २०७७
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो । इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आइतबारदेखि १४ दिन आइसोलेशनमा बस्ने छ ।

छनोट खेल अक्टोवर र नोभेम्वरमा गर्न प्रस्ताव
आइतबार, जेठ २५, २०७७
एसियाली फुटबल फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोवर र...

सिरी ए को खेल तालिका सार्वजनिक
बुधबार, जेठ २१, २०७७
कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी ए अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ । कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो ...

श्रीलंका टुरका लागि भारत तयार
सोमबार, जेठ ५, २०७७
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंका टुरका लागि तयार रहेको बताएको छ । जुलाई ६ देखि सुरु हुने तय भएको एक दिवसीय र टी–ट्वान्टी सिरिजका लागि भारतीय क्रिकेट टोली तयार रहेको बोर्डले जनाएको हो ।

दी बेस्ट अवार्ड रद्द
बिहीबार, जेठ १, २०७७
फिफा दी बेस्ट अवार्ड २०२० रद्द भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने उक्त प्रतियोगिता कोरोनाका कारण रद्द भएको हो । स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

आईसीसी महिला विश्वकप क्रिकेटको छनोट स्थगित
बुधबार, वैशाख ३१, २०७७
महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण श्रीलंकामा हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।

पाँच खेलाडीमा कोरोना संक्रमण
मंगलबार, वैशाख ३०, २०७७
ला लिगाले स्पेनको पहिलो र दोस्रो डिभिजन लिग खेल्ने ५ खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ ।

अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त
शुक्रबार, वैशाख २६, २०७७
इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् ।

अगष्ट पहिलो साता एफए कपको फाइनल गर्ने तयारी
सोमबार, वैशाख २२, २०७७
एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ । अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ ।

‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’
शुक्रबार, वैशाख १९, २०७७
नेपाली राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले खेल्न नपाउदाँ ब्याड फिल हुने बताएकी छन् । लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ ।