Shittalpati
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे विघटित प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार नवजनचेतना दैनिकसँग कुरा गर्दै पाण्डेले लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नु विकल्प नरहेको बताएका हुन् ।
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ मोटरसाइकल चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर बस्दै आएकी ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया पाल्पाली पत्रकारिताका विषयमा तानसेनमा अन्तरक्रिया भएको छ । आइतबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
९७.२ प्रतिशत संक्रमित निको भए
९७.२ प्रतिशत संक्रमित निको भए नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
बेसले मनायो २८ औं वार्षिक साधारण सभा
बेसले मनायो २८ औं वार्षिक साधारण सभा जिल्लामा क्रियाशिल गैरसरकारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालले आफ्नो २८ औं वार्षिक साधारण सभा मनाएको छ । कोरोना महामारीका बिच पनि बेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार साधारण सभा मनाएको हो ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
Weather Update