Shittalpati
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र जिल्लाको एक स्थानीय तहले कृषकहरूलाई बाँदर धपाउने यन्त्र दिएको छ । गुल्मीदरबार गाउँपालिकाले उक्त यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो ।
बाढीका कारण ७६ जनाको मृत्यु
बाढीका कारण ७६ जनाको मृत्यु भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।
खोलाले बगाउँदा एक पुरुष बेपत्ता
खोलाले बगाउँदा एक पुरुष बेपत्ता खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका –८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका हुन् ।
पाल्पामा थप दुई जनामा संक्रमण
पाल्पामा थप दुई जनामा संक्रमण जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । योसँगै रामपुर नगरपालिकामा एक सय १७ र तानसेन नगरपालिकामा १४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन...
मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा
मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा मास्क नलगाई घरबाहिर निस्कने प्रहरीको फन्दामा पर्ने गरेका छन् । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै पाल्पा र गुल्मीमा पनि नियम उलंघन गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।
अधिकारकर्मीद्वारा रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अधिकारकर्मीद्वारा रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र गुल्मी र पाल्पाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहित जिल्लामा क्रियाशील मानव अधिकार सम्वद्ध संस्थाहरुले प्रमुख जिल्ला अधिधकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।
गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र जिल्लाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो ।
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना...
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’ तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।
वडा सदस्य श्रेष्ठको निधन
वडा सदस्य श्रेष्ठको निधन तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए ।
Weather Update