रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो
बिहीबार, साउन ८, २०७७
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण
बिहीबार, साउन ८, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् ।
सरकारले चार महिना लामो लकडाउन हटायो
बुधबार, साउन ७, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
स्क्रब टाइफसबाट मृत्यु
मंगलबार, साउन ६, २०७७
भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार मृत्यु...
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री
मंगलबार, साउन ६, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि कोभिड १९ सम्बन्धी सुरक्षा सामग्री वितरण गरेको हो ।
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी
मंगलबार, साउन ६, २०७७
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको...
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
सोमबार, साउन ५, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
सोमबार, साउन ५, २०७७
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पहिरोले रामपुरमा दुई घर पुरियो
सोमबार, साउन ५, २०७७
आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।
कोरोनाको त्रासले पाल्पामा रगत अभाव, विरामी जोखिममा
सोमबार, साउन ५, २०७७
एक हप्ता अघि जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ३९ वर्षका भिमबहादुर विष्ट नियमित जस्तै मृगौलाको डायलासिस गराउन लुम्बिनी मेडिकल कलेज प्रभास पुगे । अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त ‘ओ’ पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आतिएका आफन्तले रगतका लागि सबै तिर...
पाल्पामा थप ७ जना निको भएर घर फर्किए
आइतबार, साउन ४, २०७७
जिल्लामा आइतबार थप ७ जना निको भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका एक जना, रिब्दीकोट गाउँपालिकाका एक जना र तानसेन नगरपालिकाका तीन जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय १६ पुगेको...
विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन
आइतबार, साउन ४, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली
शनिबार, साउन ३, २०७७
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

