उच्च ज्वरोबाट तीनको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन
बिहीबार, भदौ ११, २०७७
नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
बुधबार, भदौ १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
बुधबार, भदौ १०, २०७७
जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।
तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
बुधबार, भदौ १०, २०७७
सिल गरिएको तानसेन ४ विशाल बजार क्षेत्रका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विशालबजारकी ४० वर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ३ सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण
मंगलबार, भदौ ९, २०७७
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
मंगलबार, भदौ ९, २०७७
प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
पहिराले घर पुरिँदा मृत्यु
मंगलबार, भदौ ९, २०७७
अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
मंगलबार, भदौ ९, २०७७
गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।
कोरोना सङ्क्रमित पुरुषको मृत्यु
मंगलबार, भदौ ९, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
सोमबार, भदौ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु...
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
सोमबार, भदौ ८, २०७७
समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


