Shittalpati
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
आलु खन्दै महिला
आलु खन्दै महिला पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । यहाँका किसानले तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले वार्षिक साधारण सभा मनाएको छ । शाखाले शनिबार तानसेनस्थित भुसलडाँडामा आफ्नो २७ सौ वार्षिक साधारण सभा मनाएको हो । सभाको नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति शर्माले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको...
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका लुम्विनी प्रदेश ईञ्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाही ओलीवाद आउने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले नेकपा पार्टी भित्र नितीमुखी भन्दा पनि नेतामुखी प्रवृत्ति...
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’ जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।
आज प्रचण्ड–नेपाल समूहले तानसेनमा भेला गर्दै
आज प्रचण्ड–नेपाल समूहले तानसेनमा भेला गर्दै नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा (आज) शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रैनादेवी छहराका ६५ वर्षीय मोहनीलाल खड्काले २३ वर्षीया युवतीलाई जबरजस्ती करनीको गरेको आरोपमा ति व्यक्ति पक्राउ परेका हुन् ।
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती...
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
Weather Update