आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
शुक्रबार, असोज ३०, २०७७
धानखेतीमा प्रकोप, किसान चिन्तित
शुक्रबार, असोज ३०, २०७७
गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा थप एक महिलाको कोरोनाबाट मृत्यू भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । अस्पतालका अनुसारका अनुसार तिनाउँ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
बिहीबार, असोज २९, २०७७
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
गाँजा खान नपाएपछि साथीको हत्या
बिहीबार, असोज २९, २०७७
बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
मन्त्रिमण्डल पुनर्गठन
बुधबार, असोज २८, २०७७
मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।
पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा
बुधबार, असोज २८, २०७७
जिल्लामा अवैध काठ सहित चालकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरलाईबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको हो ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो
मंगलबार, असोज २७, २०७७
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेका हो ।
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
मंगलबार, असोज २७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मंगलबार, असोज २७, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
मंगलबार, असोज २७, २०७७
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
मंगलबार, असोज २७, २०७७
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
सोमबार १४ सय ७३ जना कोरोनामुक्त
सोमबार, असोज २६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका १४ सय ७३ संक्रमित निको भएका हुन् ।


