पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
बिहीबार, कात्तिक ६, २०७७
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
बिहीबार, कात्तिक ६, २०७७
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल
बुधबार, कात्तिक ५, २०७७
स्थानीय तहका शिक्षा प्रमुख र सामाजिक विकास समितिका संयोजक÷जनप्रतिनिधिहरु बिच तानसेनमा छलफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा आव २०७७/०७८ को स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका शसर्त अनुदान कार्यक्रमका विषयमा छलफल भएको हो ।
पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु
बुधबार, कात्तिक ५, २०७७
पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
रुपन्देहीमा दुई संक्रमितको मृत्यु
बुधबार, कात्तिक ५, २०७७
रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने
बुधबार, कात्तिक ५, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।
पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको
मंगलबार, कात्तिक ४, २०७७
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार देशभर २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका हुन् । देशभर डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय नौं पुगेको छ ।
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
मंगलबार, कात्तिक ४, २०७७
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
मंगलबार, कात्तिक ४, २०७७
सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, कात्तिक ४, २०७७
रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।


