प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
शनिबार, वैशाख ११, २०७८
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
शनिबार, वैशाख ११, २०७८
गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए
शुक्रबार, वैशाख १०, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग
शुक्रबार, वैशाख १०, २०७८
जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग
शुक्रबार, वैशाख १०, २०७८
पाल्पा, होटल व्यवसायी तथा पत्रकार जीवलाल सुवेदीले वृद्धाश्रमलाई स्वर्गिय मातापिताको स्मृतिमा युरोगार्ड सहयोग गरेका छन् । तिनाउ गाउँपालिका ६ मस्याम निवासी सुवेदीले आफ्नो माता स्व. छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा नीलसार असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका हुन् ।
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन
शुक्रबार, वैशाख १०, २०७८
महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएका ढुा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ । तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ ।
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
शुक्रबार, वैशाख १०, २०७८
मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ ।
गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
शुक्रबार, वैशाख १०, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
बिहीबार, वैशाख ९, २०७८
माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
बिहीबार, वैशाख ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, वैशाख ८, २०७८
जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
बुधबार, वैशाख ८, २०७८
पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।


