Shittalpati
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।
काँग्रेसको वडा अधिवेशन प्रारम्भ
काँग्रेसको वडा अधिवेशन प्रारम्भ नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।
Weather Update