Shittalpati
माथागढीले सहिदलाई यसरी सम्झियो
माथागढीले सहिदलाई यसरी सम्झियो जिल्लाको माथागढी गाउँपालिकाले ७१औं प्रजातन्त्र दिवसका अवसरमा सच्चा सहिदहरुलाई सम्झदै विविध कार्यक्रम गरेको छ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय योगदान पुर्‍याएका सहिदहरुको योगदानलाई सम्झदै गाउँपालिकाले विविध कार्यक्रम गरेको हो ।
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग, माथागढी गाउँपालिकाको संयोजनमा एक दिने शिविर भएको हो ।
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर...
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ ।
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
आलु खन्दै महिला
आलु खन्दै महिला पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । यहाँका किसानले तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले वार्षिक साधारण सभा मनाएको छ । शाखाले शनिबार तानसेनस्थित भुसलडाँडामा आफ्नो २७ सौ वार्षिक साधारण सभा मनाएको हो । सभाको नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति शर्माले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको...
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका लुम्विनी प्रदेश ईञ्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाही ओलीवाद आउने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले नेकपा पार्टी भित्र नितीमुखी भन्दा पनि नेतामुखी प्रवृत्ति...
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’ जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।
Weather Update