बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए
शनिबार, वैशाख ३, २०७९
‘विकासको आन्दोलन अहिलेको आवश्यकता’
शनिबार, वैशाख ३, २०७९
अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले विकासको आन्दोलन अहिलेको आवश्यकता रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा लोक सुशेली युवा क्लब, रम्भा १, च्याङलिङले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै रानाले अहिलेको आवश्यकता भनेको विकासको आन्दोलन रहेको बताएका हुन् ।
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन
शुक्रबार, वैशाख २, २०७९
नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
बुधबार, चैत ३०, २०७८
जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
बुधबार, चैत ३०, २०७८
गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।
गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा
बुधबार, चैत ३०, २०७८
संघीयता पछि जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जहाँ शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधार विकासको क्षेत्रमा वर्षेनी करोडौ बजेट खर्च भइरहेको छ । तर अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । विकासमा घोटाला गर्ने प्रवृत्ति स्थानीय तहमा अधिक मौलाएको पाइन्छ । गुल्मीमा पनि स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका...
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
मंगलबार, चैत २९, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
मंगलबार, चैत २९, २०७८
नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
जीर्ण अवस्थामा ढुङ्गे धारा
मंगलबार, चैत २९, २०७८
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु
सोमबार, चैत २८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
सोमबार, चैत २८, २०७८
शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।


