पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी
सोमबार, पुस ५, २०७८
थप एक सय ८१ जनामा कोरोना संक्रमण
सोमबार, पुस ५, २०७८
पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
सोमबार, पुस ५, २०७८
बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
सोमबार, पुस ५, २०७८
तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्यो : अधिकारी
आइतबार, पुस ४, २०७८
नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
आइतबार, पुस ४, २०७८
तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
बालबालिकालाई कोरोना खोप लगाइँदै
आइतबार, पुस ४, २०७८
आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शनिबार, पुस ३, २०७८
तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल
शनिबार, पुस ३, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
शुक्रबार, पुस २, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।
आइतबार सार्वजनिक विदा
शुक्रबार, पुस २, २०७८
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उघौली पर्व योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
शुक्रबार, पुस २, २०७८
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरे ।
पाल्पामा पासोमा परेको चितुवाको उद्दार
शुक्रबार, पुस २, २०७८
जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।


