Shittalpati
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय दाङमा सर्‍यो
प्रदेश स्वास्थ्य मन्त्रालय दाङमा सर्‍यो लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय स्थानीय राजधानी दाङमा सरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा मुकाम तोकेर सञ्चालन हुँदै आएको मन्त्रालय बुधबारदेखि राप्ती दाङमा सरेको हो । मन्त्रालय सरेसँगै दाङको सिसहनियामा कार्यालय स्थापना गरी कार्यसम्पादन हुँदै आएको छ ।
महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ?
महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ? नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ? नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ ।...
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।
शुक्रबारदेखि हिमपातको सम्भावना
शुक्रबारदेखि हिमपातको सम्भावना पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
बुधबार दुई सय ८० संक्रमित थपिए
बुधबार दुई सय ८० संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरका विभिन्न स्थानबाट २ सय ८० संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा ९ हजार २ सय १२ जनाको पीसीरआर परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।
संसदमा विरोधका बीच अध्यादेश पेश
संसदमा विरोधका बीच अध्यादेश पेश मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।
Weather Update